विश्व आदिवासी दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना (भिडियो सहित)

काठमाडौं । विश्व आदिवासी दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
दिवसका अवसरमा नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा आदिवासी जनजातीज संघ संस्थाहरुले संयुक्त रुपमा काठमाडौंमा सांस्कृतिक भेषभुषा, बाजागाजासहितको र्याली निकालेको थियो । काठमाडौंको भृकुटिमण्डपबाट सुरु भएको र्याली बिभिन्न स्थानको परिक्रमा गर्दै कमलादी पुगेर समापन भएको थियो । नेपाल आदिवासी जनजाति महासंघले यो वर्ष संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर भन्ने मूल नारासहित दिवस मनाएको हो । संयुक्त राष्ट्रसङ्घले भने स्वैच्छिकरुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।
प्रत्येक वर्षको ९ अगष्तमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि संसारभरमा आदिवासी जनजातिले यो दिवस मनाउँदै आएका छन् । संयुक्त राष्ट्रसघंको महासभाले आदिवासी जनजातिको आधारभूत मानवअधिकार संरक्षण र र्संवर्द्धनका लागि सन् १९९५ देखि २००४ सम्म प्रथम आदिवासी दशक मनाउने निर्णय समेत गरेको थियो ।

२५,श्रावण.२०८१,शुक्रबार २१:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्