काठमाडौं । रुसले सर्वियाका राष्ट्रपतिविरुद्ध हुन लागेको ‘कू’को सूचना चुहाएको छ । रुसले ‘कू’को सूचना दिएको सर्वियाका राष्ट्रपतिले नै शुक्रबार पत्रकारहरुसँगको कुराकानीमा सार्वजनिक गरेका हुन् ।
रुसी विश्व च्यानल आरटीका अनुसार राष्ट्रपति अलेक्सान्डर भुसिकले सुरक्षा निकायहरुले रुसले दिएको सूचना अनुसार ‘कू’ टार्न काम गरिरहेको बताएका छन् । रुसले कू हुने र आन्दोलन हुने सूचना पछिल्लो समयमा विभिन्न देशहरुलाई चुहाँउदै आएको छ ।
खासगरी युक्रेन युद्धपछि अमेरिकासँग बढेको दरारपछि रुसले यस्तो सूचना चुहाउन थालेको हो । दक्षिण एसियामा पनि रुसले चुहाएको सूचनाले काम गरेको छ ।
आठ महिना अगाडि नै रुसले बंगलादेशमा चुनावपछि आन्दोलन हुने र आन्दोलनबाट हसिनालाई आउट गरिने र त्यसमा अमेरिकी साथ हुने सूचना सर्वाजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्