एजेन्सी । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६४ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिदद १३४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६५ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ भने अघिल्लो दिनको तुलनामा बढेको छ।
आज पाउण्ड एकको खरिदमा १७० रूपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रूपैयाँ ६१ पैसा तोकिएको छ।
शुक्रबार पाउण्ड एकको खरिददर १७० रूपैयाँ १७ पैसा र बिक्रीदर १७० रूपैयाँ ९३ पैसा गरिएको थियो।
युरोपियन युरो एकको खरिददर आज १४६ रूपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९९ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १५ पैसा घटेको हो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ११ पैसा र बिक्रीमा ८८ रूपैयाँ ५१ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ ३१ पैसा र बिक्रीमा ३० रूपैयाँ ४४ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ८० पैसा र बिक्रीमा ४३९ रूपैयाँ ७६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २० पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्