रास्वपाले बोलायो संसदीय दलको बैठक, समसामयिक, राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बोलाएको छ । मंगलबार विहान १०:३० बजे गरी बैठक बोलाइएको छ ।

बैठकमा छलफलका लागि पाँच एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक, राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।

बैठकमा छलफलका थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको बिधेयकहरू सम्बन्धि, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक र विविध छन् ।

२८,श्रावण.२०८१,सोमबार १४:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्