काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले संसदीय समितिले विधान उल्लंघन गरे कारबाही हुने/नहुने पार्टीभित्र प्रश्न उठाएका छन् ।
केन्द्रीय समितिको बैठक बोल्ने क्रममा आचार्यले पार्टीभित्र अनुशासनको कारबाही गर्दा ‘सानालाई ऐन, ठूलालाई चैन’ हुन नहुने बताए । विधान बमोजित तलबाट सिफारिस भएकालाई संसदीय समितिले उम्मेदवार नबनाए उक्त समिति माथि अनुशासनको कारबाही हुन्छ कि हुँदैन? भनि प्रश्न गरेका छन् ।
आचार्यले भने,‘पार्टीको विधान बमोजिम तल्ला तहबाट सिफारिस नै नभएका व्यक्तिलाई टिकट दिएर पठाएमा संसदीय समितिलाई अनुशासनको कारबाही हुन्छ कि हुँदैन?’
आचार्यले भ्रष्टचार नियन्त्रणका लागि लोकपाल विधेयको आवश्यकता रहेको बताए । आचार्यले सरकारबाट हुने नीतिगत भ्रष्टचार एवं अख्तियार दुरुपयोग निवारण आयोगबाट हुने सक्ने अख्तियारलाई समेत छानविन र कारबाही गर्नसक्ने गरी लोकपाल विधेयकको आवश्यकता रहेको बताए ।
उनले भने,‘ सरकारबाट हुने नीतिगत भ्रष्टचार एवं अख्तियार दुरुपयोग निवारण आयोगबाट हुने सक्ने अख्तियारलाई समेत छानविन र कारबाही गर्नसक्ने दण्डात्मक,निरोधात्मक र प्रवद्र्धानात्मक अधिकार सहित लोकपाल विधेय बनाउन अग्रसरता लिऔं ।’
विगतमा भएका ठूला अनियमितताको छानविन गर्न पूर्व प्रधानन्यायाधीसको नेतृत्वमा उच्च स्तरीय छानविन समिति बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्