एजेन्सी । अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। मंगलबार डलर हालसम्मकै महँगो भएको छ।
मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६६ पैसा तोकिएको छ।
यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि शुक्रबार डलरको भाउ १३४ रूपैयाँ ६५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा आजको मूल्य १ पैसा बढी हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरो एकको खरिदमा भने १४६ रूपैयाँ ४१ पैसा र बिक्रीमा १४७ रूपैयाँ ०६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रूपैयाँ ०९ पैसा र बिक्रीदर १७१ रूपैयाँ ८६ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ४७ पैसा र बिक्रीमा ८८ रूपैयाँ ८७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ११ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ०९ पैसा र बिक्रीमा ३० रूपैयाँ २२ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ५८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २६ पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्