डेंगी परीक्षण र उपचार गर्न १७ संघीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुन्छ: मन्त्री पौडेल

काठमाडौ । काठमाडौ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन्।

डेंगी रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशील बनाएर निगरानी गर्न आवश्यक रहेको बताए।

बढी मानिसहरुको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने उनले बताए।

लामो बाहुले लुगा लगाउने जस्ता जनचेतना अभिवृद्धि गर्नसके पनि महत्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ।

जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रुपमा भूमिका खेल्नुपर्ने उनले बताए।

टेलिफोनको रिङटोनमा डेंगुबाट बच्ने उपायहरुको सूचना दिने व्यवस्था मिलाउने उनको भनाइ छ। साथै सबै संघीय अस्पतालमा डेंगी उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने उनले जानकारी दिए।

‘डेंगी संक्रमण देखिए निःशुल्क उपचार हुन्छ। डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउनुपर्छ,’ उनले भने।

३१,श्रावण.२०८१,बिहीबार १३:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्