काठमाडौं । नेपाल राष्ट्र बैकका आठ तहका पूर्व कर्मचारी तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले कम्पनीलाई ठुलो हानी नोक्सानी हुने गरि करोडभन्दा बढीको लक्जरी कार खरिद गर्ने प्रक्रिया अगाडि बढाएको समाचार छ ।
उनी अहिले पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपलब्ध गराएको करिव करोड हाराहारीको जीप सवारी साधनका रुपमा प्रयोग गर्दै आएका छन ।
उनी यो जिपलाई कार्यायल प्रयोजन भन्दा बाहिर घर परिवारमा तरकारी खरिद लगाएत अन्य प्रयोजनका लागि समेत गाडिको दुरुपयोग गरिरहेको सूचना केयूकेएल स्रोतले नेपाली जनतालाई बताएको छ ।
केयूकेएलमा कार्यालय सहायकले समेत मन नपरापउने, महाघमण्डी, ढाट र झुटबोल्न खप्पीस राष्ट्र बैकका टाइराइटर पौडेलको कार्य क्षमता सून्य भएका कारण संस्था दैनिक धारासाहि हुने क्रममा रहेको केयूकेएलका उच्च व्यवस्थापकहरुले नै बताउने गरेका छन । प्रायः केयुकेएलका सबै कर्मचारीहरुले पौडेललाई डाकाको उपनामले त्यहाँ जाने सेवाग्राहिहरुलाई चिनाउने गरेको पाइएको छ ।
पौडेलले आफुलाई समस्या पर्ने कामलाई संचालक समितिको निर्णय हो भनेर कम्पनीको प्रतिकुलतामा समेत प्रयोग गर्ने र आफुलाई फाइदा हुने कुनै विषय आएमा संचालक समितिको पुराने निर्णय हो भन्दै पन्छाउने गरेको समाचार सैोतले दावी गरेको छ ।
केयुकेएलका सिइओ पौडेलले खानेपानी मन्त्रालयका मन्त्री प्रदिपकुमार यादवलगायत सल्लाहाकार र मन्त्रीको छोरा नामलाई दुरुपयोग गरि केयूकेएलका शाखा प्रमुखहरुसँग पैसा असुल गर्न लागेको समाचार स्रोतले दावी गरेको छ ।
उनले पहिलो किस्ताको रुपमा प्रत्येक शाखाबाट २ लाखका दरले पैसा उठाएको नाम उल्लेख नगर्ने सर्तमा केयुकेएलका एक कर्मचारीले नेपाली जनतालाई बताएका छन ।
उनी केयुकेएलमा ३ लाख तलव भत्ता खादै आएका छन । उनी तलव दिन एक दिन ढिला भएमा केयूकेएलका लेखापाल राजु कोइरालालाई एकै दिन ५० पटक फोन गरेर छिटो पैसा बैकमा हालिदिन दवाव दिने गर्दछन । उनीले बैकको लोन बुझाउनु पर्ने लगाएका अनेक बहाना बनाएर जसरी पनि पैसा शाखाहरुबाट असुल गर्ने गरेको बुझिएको छ ।
पौडेलले शाखा शाखामा गएर सरुवा गरिदिन्छु भन्र्दै कर्मचारीहरुलाई धम्की दिने गरेका छन । उनको यो धम्की पैसा असुल गर्ने एउटा अस्त्रका रुपमा केयूकेएलका कर्मचारीहरले बुझेको समाचार स्रोतले दावी गरेको छ ।
उनले यस भन्दा अगाडि केयूकेएल संचालक समितिले पास गरेको विधि र प्रक्रियाबाट हुर्दै आएको सरुवालाई आर्थिक मोलमोलाई गरेर क्रमभङग गर्ने तयारीमा रहेका छन ।
उनी केयूकेएलको केन्द्रिय कार्यालयलाई समेत आफ्नो निजी भवन जसरी प्रयोग गर्दै आएका छन । कर्मचारीहरुलाई खेताला गोठालाको जस्तो व्यावहार गर्ने गरेको सुनासाहरु समेत कर्मचारीहरुले गर्ने गरेका छन ।
पौडेललाई हटाउन केयुकेएलका क्रियाशिल कर्मचारी युनियनहरु र व्यवस्थापनका सबै कर्मचारीहरुको गोप्य लिखित सम्झौता समेत भइसकेको पनि समाचार स्रोतले दावी गरेको छ ।
त्यतिमात्र हैन उनले खानेपानी मन्त्री र सचिवको नाम भजाउर्दै केयुकेएलमा सयौ जना कर्मचारीहरुलाई सेवा करारमा महिनैविच्छे भर्ना गर्दै आएका छन ।
प्रतिक्रिया दिनुहोस्