साफ यू-२० च्याम्पियनसिप : पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता

काठमाडौं । साफ यू २० च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेफमा घरेलु टोली नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले राम्रो अवसर बनाए पनि एक गोल मात्र गरेको हो ।

निराजन धामीले २४ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

२,भाद्र.२०८१,आईतवार १६:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्