आरजुलाई छिट्टै देशको पहिलो महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको प्रधानमन्त्री ओलीको संकेत ? भिडियो सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति तथा परराष्ट्र मन्त्री आरजु देउवा राणालाई देशको पहिलो महिला प्रधानमन्त्री बनाउने संकेत गरेका छन । उनले नामचाहि लिएका भने छैनन ।

युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुषमात्रैको डेलिगेसन एकजना मात्रै बोलाएको छ भने बेग्लै कुरा विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन । डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ । त्यो रुल अहिले मैले सरकारको बनाएको छु । महिलाहरुको लागि थुप्रै काम गरेको छ ।’

उनले सबै क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता गराउने कुरामा पनि आफ्नो महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले थपे, ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ, रियालिटीमा अब दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ, तर छिट्टै बनाउने तयारीबारेमा सोचिराखेको छु ।’

८,भाद्र.२०८१,शनिबार १६:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्