आर्थिक चलखेलमा केयूकेएलका सिइओ पौडेल र प्रशासन तथा अर्थ विभाग प्रमुख राई, अख्तियारमा उजुरीका चाङ

काठमाडौं । देवता र राक्षस ?
मानिसमा मुख्यतः दुइवटा प्रवृत्ति हुन्छ। १.देवत्व प्रवृत्ति। २.राकस प्रवृत्ति।
पहिलो प्रवृत्तिकाहरु सकारात्मक सोच चिन्तन, नैतिकता, इमान्दारिता, निश्छल, स्वच्छता भएका सत्यवादी, परोपकारी, दयालु, मायालु, स्नेही र अन्याय, अत्याचार, दमन, शोषण, विभेदका विरुद्ध लड्ने स्वभावका हुन्छन। समाजका देवता भनेका यिनि नै हुन।
दोस्रो प्रवृत्तिकाहरु नकारात्मक सोच चिन्तन, अनैतिक, बेइमान, अस्वच्छ, छलकपट भएका असत्यवादी, अपरोपकारी, रिसराग, इर्श्यालु र अन्यायी, अत्याचारी, दमनकारी, शोषणकारी, विभेदकारी स्वभावका हुन्छन। समाजका राक्षस भनेका यिनि नै हुन।

यो स्टाटस फेसबुकमा पढेपछि एउटा पुरानो किबदन्ती जस्तो लाग्ने सत्य कुराको याद दिलायो । यसैको सेरोफेरोमा एउटा विचार उल्लेदित भएर आयो । यसलाई लिपिवद्ध गर्ने प्रयास गरेका मात्र हुँ ।

यो स्टाटसले मलाई करिव डेढ वर्ष अगाडिको एउटा घटनासँग जोड्यो । उक्त घटनाले सबैभन्दा बढी पिडा र दुःख भोग्यो केयुकेएलका तत्कालीन सिइओ मिलनकुमार शाक्यले । उनी त्यो समयका निक्कै जल्दाबल्दा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयको संरक्षण उनमा प्राप्त थियो । तर, पनि उनलाई त्यतिखेर बचाउन सकेन । त्यतिमात्र हैन, नवलसिंह साउद र केशब अधिकारीहरुको पनि उनलाई सहयोग र समर्थन थियो ।
उनी मिलनसार र जति गालि गरेपनि उक्त गालिको राग उनीमा देखिदैन्थ्यो । उनी शालिन थिए । सत्रुसँग पनि हंस मुखले बोल्ने उनको स्व्भाव थियो ।
उनी केयुकेएलबाट बाहिरीएपछि गत हप्ताको अन्तिमदिन तिर खानेपानी मन्त्रालयमा उनीसँग भेट भयो ? उनीमा पुरानो कुनै राग थिएन । सगै खाजा खाने मौका पनि उनी आफैले मिलाए ।
उनले ठिमिमा ठिक छ नि भनेर प्रश्न गर्दा मैले तत्काल जवाफ दिन सकिन ? त्यस प्रश्नको उत्तर खोसेका थिए, जोसँग म मिलेर उनी विरुद्ध, मैले विष बमन गरेर दर्जनौ पटक समाचार लेखेको थिए ।
उक्त प्रश्नको जवाफ कुनै दिन भेट भएमा ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशकुमार राई, दिपेन्द्रबहादुर वली, योगेन्द्रबहादुर बम, सारदा बोहोरा र गोपालसिंह धामीलाई सोध्नुस भनेर उत्तर दिए । उनी मुसुक्क हाँसे । सायद उनले सबै थाहा पाएर पनि मलाई नतमस्तक बनाउनकै लागि सोधेका थिए ।
उक्त घटनाले सबैभन्दा बढी लाभ ज्ञानेन्द्रबहादुर कार्की, प्रकाश कुमार राई, योगेन्द्रबहादुर बम र सारदा बोहोराले लिएका थिए । सबै भन्दा बढी क्षति मेरै भएको छ । त्यो क्षतिको पुर्ति मैले नाम उल्लेख गरेका पात्र, नायक, खलनायक र देवता र राक्षस ?

दोस्रो प्रवृत्तिकाहरु नकारात्मक सोच चिन्तन, अनैतिक, बेइमान, अस्वच्छ, छलकपट भएका असत्यवादी, अपरोपकारी, रिसराग, इर्श्यालु र अन्यायी, अत्याचारी, दमनकारी, शोषणकारी, विभेदकारी स्वभावका हुन्छन। समाजका राक्षस भनेका यिनि नै हुन। यीनै प्रवृत्तिका विरुद्ध बदला लिएको दिन सकिन्छ, मन्न मैले हिचकिचाउनु पर्ने अवस्था छैन ।
कुनै समय प्रकाशकुमार राईको भूमिगत कमाण्डरमा संचालित आन्दोलनले मिलनकुमार शाक्यको केयुकेएलबाट अन्त भयो । ज्ञानेन्द्रबहादुर कार्की आफु सिइओ भएको बेलामा गरेका अपराधको प्रायचित गरेर जागिरको अन्तिमदिन कुरेर बसेका छन । त्यस आन्दोलनका पहिलो व्यक्ति गोपालसिंह थामी स्टाटरलेखेर आफ्नो गल्ती र छटपटी पोखिरहेका छन ।
आन्दोलनकी दोस्रो व्यक्ति दैनिक आम्दानीको हिसाव किताव मिलाउनमै व्यस्त देखिएकि छिन । उनीहरुलाई आफुले बोलेका कुनै बोलि पुरा गराउनु पर्छ भन्ने हेक्का छैन । नत त्यसले उनीहरुलाई कुनै आत्माग्लानी देखिएको छ ।
राईले गरेका हरेक निर्णयहरुले उनको बास चाँडै नक्सालको रातो घरमा नहोला भन्न सकिदैन । उनीले. आफैले हस्ताक्षर गरेको मसि नसुकिकन आफ्नालाई खुसी बनाउन अर्को यस्तो ..निर्णय पनि गर्न पुगे । उनका यस्ता हजारौ प्रमाण नेपाली जनतामा सुरक्षित रहेका छन । उनको बेलायत भ्रमणलाई सफल बनाउने मेरो पनि जिम्मेवारी थियो । म बेलायत गएको बेला बसेका र खाएका मानिसहरुसँग यीनको पनि जाने ठाउँ त्यहि थियो । अब उनी मैले जोगाएर जोगिने अवस्थामा छैन । त्यसैले अब उनको दुरगतिको प्रतिक्षा गरेर बस्नु बाहेक अर्को विकल्प छैन  । अब लेख्ने हैन, गरेर नदेखाएसम्म उनको आर्थिक आर्जनको उन्मात कम हुने अवस्था छैन ।

८,भाद्र.२०८१,शनिबार २१:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्