केयूकेएलका सिइओ पौडेलले प्रशासन तथा अर्थ विभागको जिम्मेवारी हेरफेर गर्न सचालक समितिको सहमिति लिने प्रयास

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सिइओ अशोककुमार पौडेल, प्रशासन तथा अर्थ विभाग प्रमुख प्रकाशकुमार राईसँग युनियनहरुका नेताहरु र प्राविधिक कर्मचारी अत्यन्त रुष्ट भएका छन ।

उनीहरुका कारण केयूकेएलको दैनिक प्रशासनिक काम समेत अवरुद्ध हुने अवस्थामा पुगेको छ । केयूकेएलको मुहानमा काम गर्दै आएका केहि कामदारहरु एक वर्षदेखि पारिश्रमिक नपाएको भन्र्दै खानेपानी मन्त्रीको ढोकामा धर्ना दिन पुगेका छन ।

कामदारसँग सिइओ पौडेलले काम लगाउने कर्मचारी र प्रशासन तथा अर्थ विभागका प्रमुख प्रकाशकुमार राईसँग कुरा गर्नु भन्र्दै आफु त तलबाट फाइल उठेर आएर काम गरिदिन आतुर रहेको जवाफ दिएर समस्याबाट भाग्ने प्रयास गरिरहेका छन ।

खानेपानी मन्त्रालयमा पारिश्रमिक नपाएको गुनासो लिएर जाने कामदार र सिइओको कुरा नजिकबाट सुनिरहेको नेपाली जनता निकट सञ्चारकर्मिले सिइओ राई कि तपाई भनेर प्रश्न गर्दा उनी नाजवाफ भएका थिए । उनले महादेव खोलामा दिनरात मुहानमा काम गर्दै आएका कामदारलाई महाराजगञ्जको प्रमुख मनिस ढुगानासँग पैसा माग्नुस सम्म भ्याएका थिए । त्यो समयमा नेपाली जनता निकट सञ्चारकर्मीले मनिस त केयूकेएलमा इमानदार कर्मचारी हो । उसले संस्थाको हितमा काम गरेको हो । घरमा लगेर काम लगाएको होइन होला, त्यसैले केयूकेएल केन्द्रिय कार्यालयमा बसेर लुटिखाने तपाईहरु जस्ताले यी कामदारको पैसा दिनु पर्छ भन्दा सिइओले मुन्टो हल्लाएका थिए ? त्यति मात्र होइन ती कामदारलाई अब कि तपाईहरुले जागिर छोड्नु पर्छ कि पैसा पाउनु हुन्छ समेत ती सञ्चारकर्मीले भनेको कुरा सिइआले आफु निकटहरुसँग कुराकानी सेयर समेत गरेको बुझिएको छ ।

सो समयमा ठेक्काबाट कामदारलाई काम लगाएर कामदारको पेटमा लात हान्ने केयूकेएलका लुटेराहरु कमिशनमा काम गर्दन, भन्दा सिइओ पौडेल मन्त्रीका सल्लाहकार र खानेपानी विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित भएका ठाउँमा सिर निहुराउन बाध्य भएको पनि ती सञ्चारकर्मीले बताएका थिए ।
मन्त्रीको नाम बदुनाम गर्दै शाखा शाखाबाट पैसा उठाउने काम भएको भन्र्दै केयूकेएलका एक जना आठ तहका कर्मचारी मन्त्रालयका कोठा कोठामा पुगेको खानेपानी मन्त्रालय स्रोतले नेपाली जनतासँग दुखेसो पोखेको समाचार छ ।

केयुकेएलका सिइओ पौडेल र प्रशासन तथा अर्थ विभाग प्रमुखले गरेका अपराधका गोप्य फाइलहरु केयुकेएलका एक जना दाहाल थरका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुर्याएको अख्तियार स्रोतले नाम गोप्य राख्ने सर्तमा बताएको छ । यो कार्यमा विभागीय प्रमुख र ती दाहाल थरका कर्मचारीवीच गोप्य साँठगाठ समेत रहेको बुझिएको छ । उनलाई उक्त काम गरेवापत राईले महांकालचौर शाखाको लेख प्रमुख बनाएर पठाउन लागेको समेत बुझिएको छ ।

राईको कार्यशैलि विरुद्ध पौडेलले समेत मन्त्रालयका एक अधिकारीसँग असन्तुष्टी व्यक्त गरेको बुझिएको छ । मन्त्रालयका ती अधिकारीले राईको बारेमा नेपाली जनतासँग पनि जिज्ञासा राखेका थिए । यस प्रश्नको जवाफ पौडेलसँग लिन पनि सुझाव दिएको नेपाली जनताका सञ्चारकर्मीले कुराकानीको क्रममा बताएका छन ।

केयुकेएलको २०८० साल असार ३१ गतेको बढुवा र खुल्लाको विज्ञापन पुनः प्रकाशित गरेको विषयमा रुष्ट भएका राईले विज्ञापन रोक्न अर्को खेल खेल्ने सम्भावना पनि देखिएको छ । त्यसका लागि उनले केहि आफु निकटका युनियनहरुका नेताहरुसँग शब्द जालको ट्रायल समेत गरेको बुझिएको छ । आफ्ना मोहोराहरुलाई घुमाउरो तरिकाले शब्दजाल फिँजाउने राईले सिइओ पौडेललाई समेत धम्की दिएको बुझिएको छ । सिइओ पौडेल केयूकेएलको दुवै पक्षको घेराबन्दी छल्न खानेपानी मन्त्रालयको एउटा कोठाको कुनामा बसेर कार्यालय विदा हुने बेलामा फर्कने गरेको खानेपानी मन्त्रालय स्रोतले दावी गरेको छ ।
दैनिक घाटामा गएको कम्पनीको लागि इभि दुईवटा गाडि खरिद गर्न केयूकेएल संचालक समितिले बजेट पास गरेपछि खानेपानी मन्त्रालयबाट प्रतिनिधित्व गर्ने समिति सदस्यहरुको मन्त्रालयमा आलोचना समेत भएको समाचार स्रोतले दावी गरेको छ ।

मन्त्रीका नाममा पैसा उठाउन लागेको सूचना बाहिरीएपछि सिइओ पौडेल एक कदम पछाडि हटेको उनी निकट स्रोतले दावी गरेको छ ।

१०,भाद्र.२०८१,सोमबार २२:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्