प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: जनार्दन शर्मा

काठमाडौ । काठमाडौ नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताए।

मंगलबार ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रमा बोल्दै शर्माले राज्यको नेतृत्व रहने गरी प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताएका हुन्।

‘निजी क्षेत्रलाई दिनु उपयुक्त हुन्छ, किनकी हामीलाई हाइ भोल्टेज आवश्यकता छ,’ उनले भने।

देश समृद्धितर्फ अघि बढाउने हो भने बिजुली कसरी देशभित्रै खपत गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने पनि उनले बताए।

व्यापारलाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

११,भाद्र.२०८१,मंगलवार १३:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्