बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री?

एजेन्सी । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६३ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५९ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ४ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा भने १४९ रूपैयाँ १२ पैसा र बिक्रीमा १४९ रूपैयाँ ७८ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ९६ पैसा र बिक्रीमा ९१ रूपैयाँ ३७ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ५४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ९९ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७७ रूपैयाँ १३ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रूपैयाँ ८६ पैसा र बिक्रीमा ३१ रूपैयाँ पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३९ रूपैयाँ र बिक्रीमा ४४० रूपैयाँ ९६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २० पैसा तोकिएको छ।

१३,भाद्र.२०८१,बिहीबार ११:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्