नेपाली बजारमा लगातार दोस्रो दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यस अघि बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ५३ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्ड भन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।

बिहीबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

१३,भाद्र.२०८१,बिहीबार ११:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्