वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन

काठमाडौँ । वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ ।

उपचारकाे क्रममा अचानक स्वास्थ्यमा समस्या आएपछि उनको आज दिउँसो निधन भएको हो ।

एन्जीयोप्लास्टी गर्न उनी आज वीर अस्पतालमा पुगेकी थिइन् । एन्जीयोप्लास्टी गर्ने क्रममा उनको अचानक स्वास्थ्यमा समस्या आएर निधन भएको अस्पतालले जनाएको छ ।

उनी हिजोसम्म नियमति डियुटीमा थिइन् । पूर्वनिर्धारित योजना अनुसार साँघुरिएको मुटुको एन्जीयोप्लास्टी गर्न आफै अस्पताल पुगेकी थिइन् । सोही क्रममा उनको स्वास्थ्य विग्रिएर मुटु बन्द हुँदा उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

१४,भाद्र.२०८१,शुक्रबार १५:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्