काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताए ।
शुक्रबार राज्य व्यवस्था समितिको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले मुलुकको हितमा नरहेका बिषयहरुलाई अघि बढाउन खोज्दा जनस्तरबाट व्यापक विरोध भएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताएका हुन । उनले हदम्यादको विरुद्ध जनताले उठाएका बिषयलाई आफुहरुले सदनमार्फत ध्यानाकर्षण समेत गराएको जिकिर गरेका थिए । ऐनमा स्पष्ट भएका बिषयलाई मन्त्रीपरिषद्बाट पारित गराइ हुने नीतिगत भ्रष्टाचारलाई पनि रोक्नुपर्ने उनले बताए । यसका लागि भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई थप स्पष्टताका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।
उनले विधेयकमाथिको अन्य नितिगत कुरामा पनि निरन्तर रास्वपाको खवरदारी रहने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्