भ्रष्टाचारमा हदम्यादको प्रस्तावको छलफलमा विश्वप्रकाश–रविबीच घोचपेच (भिडियो सहित)

काठमाडौं । गृहमन्त्रीको प्रस्तावपछि छलफलमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र रास्वपा सभापति लामिछानेबीच घोचपेचसमेत भयो ।

महामन्त्री शर्माले हदम्यादको विषयमा केही दलले आवेगको राजनीति गरेको भन्दै कटाक्ष गरे । ‘…बडा हार्दिकता छ, सरकार यहीँ छ । प्रतिपक्ष यहीँ छ, पुराना दल यहीँ छौं, नयाँ दल यहीँ छौं’, लामिछानेतिर लक्षित गर्दै उनले भने, ‘थाहा छैन को मित्रले बाहिर बोल्दा भन्नुभयो – यदि हदम्यादको विषय पारित गर्नतर्फ लागियो भने हाम्रो लासमाथिबाट गुज्रेर पास गर्नुपर्नेछ । कल्ले बोल्नुभयो मलाई सम्झना छैन ।’

शर्माको सामुन्ने बसेका रास्वपाका सभापति रवि लामिछाने जवाफ फर्काइहाले, ‘मैले भन्या हो, यसको जवाफ चाहिन्छ भने म दिन्छु ।’

‘माफ गर्नुहोला, तपाईंले बोल्नुभएको छ भने आफ्नो पालोमा….’ विश्वप्रकाश शर्माले भने ।

लामिछोले दोहोर्‍याए, ‘मैले बोलेको हुँ ।’

दुई नेताबीच सवालजवाफ हुन थालेपछि समिति सभापति रामहरि खतिवडाले समय लिएर मात्रै बोल्न रुलिङ गरे । बोल्ने सांसदले पनि आफ्नो विषय राख्ने संसदीय अभ्यास रहेको स्मरण गरे ।

१४,भाद्र.२०८१,शुक्रबार २२:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्