एजेन्सी । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४९ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददर अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९० पैसा र बिक्रीदर १३४ रूपैयाँ ५० पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो।
यस्तै, अष्ट्रेलियन डलर पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आज अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ४२ पैसा तोकिएको छ।
शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ७३ पैसा कायम गरिएको थियो।
युरोपियन युरो एकको खरिददर आज १४८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रूपैयाँ ०६ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा घटेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७६ रूपैयाँ ४५ पैसा र बिक्रीमा १७७ रूपैयाँ २४ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ३५ पैसा र बिक्रीमा ९९ रूपैयाँ ८० पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ ९९ पैसा र बिक्रीमा ३१ रूपैयाँ १३ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३३ पैसा र बिक्रीमा ४४० रूपैयाँ २९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८० पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्