काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ।
शुक्रबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला छ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा काराबोर भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।
प्रतिक्रिया दिनुहोस्