
काठमाडौं । सिनामंगलको क्रिष्टल कम्लेक्सस्थित हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले तीजको अवसर पारेर यही भाद्र महिनाभर आफ्नो सेवाहरूमा विशेष छुट अफर ल्याएको छ ।
जस अनुसार डाक्टर कन्सल्टेसन तथा टीभीएस ( भिडियो एक्सरे) सेवा नि:शुल्क, आईयूआई सेवामा ५० प्रतिशत, आईभीएफ सेवामा १० प्रतिशत र औषधि तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिइएको सीईओ रविशंकर पोखरेलले बताए ।
आईभिीएफ सेन्टरमा सुलभदरमा अन्तर्राष्ट्रियस्तरमा उपचार सुविधा उपलब्ध रहेको तथा निःसन्तान वा प्रजनन समस्या भएका दम्पतीहरूलाई परामर्श सेवासहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आईयूआई, आईभीएफलगायतका उपचार सेवा सुपथ मूल्यमा प्रदान गर्दै आइरहेको प्रालिले जनाएको छ ।
सेन्टरमा अन्तर्राष्ट्रियस्तरको भ्रुण बनाउने ल्याब तथा मेसिन रहेको छ । यस केन्द्रले पुरुषको वीर्य जाँचदेखि भविष्यका लागि भ्रुण सुरक्षित राख्ने, वीर्य फ्रिजिङ्ग गर्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखी भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र वीर्य भण्डारण केन्द्रसमेत स्थापना गरेको छ ।
सेन्टरमा १३ वर्षदेखि प्रसूति, स्त्री तथा निःसन्तान रोगसम्बन्धी उपचारमा अनुभवी डाक्टर अर्चना शाक्य आबद्ध छिन्, एक वर्षदेखि सेवा दिँदै आइरहेको यस केन्द्रले हालसम्म दर्जनौं दम्पतीलाई निःसन्तानसम्बन्धी उपचार एवं परामर्श सेवा दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्