नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय सानेपामा जारी

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय सानेपामा बसेको छ।

आइतबार अपराह्न सुरू बैठकमा सहमहामन्त्रीहरू, महामन्त्रीहरू, उपसभापतिहरू र सभापति बोल्ने कार्यक्रम छ।

गत साउन २३ गतेदेखि केन्द्रीय समिति बैठक सुरू भएको थियो। आजको बैठक त्यसैको निरन्तरता हो।

बैठकमा अहिले सहमहामन्त्रीसमेत रहेका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे बोलेका छन्।

केन्द्रीय समिति बैठकमा पदाधिकारीहरूले धारणा राखिरहेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।

केन्द्रीय सदस्यहरू र पूर्वपदाधिकारीले यसअघि नै धारणा राखेका थिए।

आइतबार पदाधिकारीहरूले बोल्ने र गत फागुनमा महासमितिमा पेस भएका प्रस्तावहरू परिमार्जनसहित अनुमोदन गर्ने तयारी छ।

महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिसम्बन्धी प्रस्ताव पेस गरेका थिए।

१६,भाद्र.२०८१,आईतवार १६:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्