वार्षिक कार्ययोजना तयार पार्न एमाले पोलिटब्युरो बैठक च्यासलस्थित पार्टी मुख्यालयमा जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक बसिरहेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज दिउँसो १ बजेबाट बैठक सुरू भएको हो ।

एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने छ ।

बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्युरो रहेको छ ।

१८,भाद्र.२०८१,मंगलवार १४:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्