एजेन्सी । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६६ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४७ रूपैयाँ ९८ पैसा र बिक्रीमा १४८ रूपैयाँ ६४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७५ रूपैयाँ ९६ पैसा र बिक्रीदर १७६ रूपैयाँ ७५ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ २६ पैसा र बिक्रीमा ९० रूपैयाँ ६६ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ ०१ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रूपैयाँ ६९ पैसा र बिक्रीमा ३० रूपैयाँ ८३ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ४४० रूपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २४ पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्