घट्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री?

एजेन्सी । बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६६ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको १ पैसा घटेको हो।

आज युरोपियन युरो एकको खरिदमा भने १४८ रूपैयाँ १६ पैसा र बिक्रीमा १४८ रूपैयाँ ८२ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ०९ पैसा र बिक्रीमा ९० रूपैयाँ ४९ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ९२ पैसा र बिक्रीमा ९९ रूपैयाँ ३६ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७५ रूपैयाँ ८० पैसा र बिक्रीदर १७६ रूपैयाँ ५९ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ५० र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रूपैयाँ ७९ पैसा र बिक्रीमा ३० रूपैयाँ ९३ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ६७ पैसा र बिक्रीमा ४४० रूपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २१ पैसा तोकिएको छ।

२०,भाद्र.२०८१,बिहीबार ११:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्