काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

विहिबार अर्थात हिजोको मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूची र संचार मन्त्रीको भिडियो सहित)

2.94K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गर्ने भएका छ्न् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले उक्त जानकारी गराए । संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ सम्म न्युयोर्कमा हुँदैछ ।

प्रवक्ता गुरुङले आर्थिक वर्ष २०८१/८२ सालमा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता किसानको बाँकी रकम भुक्तानीका साथै प्रविधि तथा व्यवसाय सुधार गर्न अर्थ मन्त्रालयले संस्थालाई ६० करोड ऋण लगानी गर्न स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले विम्स्टेक कृषि मन्त्रिस्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरको तेस्रो बैठक चैत १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्ताव गर्न स्वीकृति प्रदान गरेको छ भने भाद्र ३१ मा काठमाडौंमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको सातौं बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषयसूची स्वीकृत गरी वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।

क्याविनेटले दूरसञ्चार कम्पनी लिमिटेडको रिक्त प्रवन्ध निर्देशक पदमा संगिता पहाडी अर्याललाई नियुक्त गर्ने, रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले बैठकले पेरिस पारा ओलम्पिक २०२४ मा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।

khanepani