एजेन्सी । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आइतबार एकको खरिददर १३४ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६२ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४८ रूपैयाँ ५६ पैसा र बिक्रीदर १४९ रूपैयाँ २३ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिददर १४८ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४९ रूपैयाँ ५० पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २७ पैसा बढेको हो।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७५ रूपैयाँ ९१ पैसा र बिक्रीमा १७६ रूपैयाँ ७० पैसा पाइन्छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ४१ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८१ पैसा तोकिएको छ।
त्यसैगरी, सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९९ रूपैयाँ १७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७० पैसा र बिक्रीदर ३५ रूपैयाँ ८६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रूपैयाँ ९५ पैसा र बिक्रीमा ३१ रूपैयाँ ०९ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३९ रूपैयाँ ६३ पैसा र बिक्रीमा ४४१ रूपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १४ पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्