भीम रावलको प्रश्न, ओलीले देश टुक्याउँछु भन्ने सीकेसँग वार्ता गर्न हुने, मैले नेकपा एसका नेता भेट्न नहुने?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग आफ्नो छलफल भएपनि आफू नजाने बताएका छन्। गृहजिल्ला अछाममा पुगेका नेता राउवलले पत्रकारसँग कुरा गर्दै आफू नेकपा एसमा जाने पक्षमा नरहेको बताए।

उनले भने, ‘म अहिले एकीकृत समाजवादीमा जाने तयारीमा छैन। नेताहरुसँग कुराकानीको कुरा त हाम्रो पार्टीको अध्यक्षले महन्थ ठाकुरदेखि देश टुक्याउँछु भन्ने सिके राउतसँग वार्ता गर्न हुने, मैले नेताहरूसँग वार्ता गर्न नहुने के छ ? मैले देश टुक्याउँछु भन्नेसँग वार्ता गरेको छैन। माधव नेपाल, झलनाथ खनाल हाम्रै पार्टीको नेता हुनुहुन्थ्यो।’

उनले एमालेका शीर्ष नेताहरुसँग केही समय अघि कुराकानी भएको भए अहिले नभएको बताए।

उनले थपे, ‘हिजो पार्टी पार्टीका नेता कार्यकर्ता हुनुहुन्थ्यो उहाँहरुले कुरा गरौं भनेपछि नगर्ने पक्षमा अरु जस्तो पूर्वाग्राही छैन। पार्टी अध्यक्ष राष्ट्रको हितको पक्षमा काम गरे मैले सधैं समर्थन गर्छु नि!’

उनले पार्टीलाई विधि विधानअनुसार चलाउनुपर्छ भन्दा कारबाही गरिन्छ भने गरेर देखाउन नेतृत्वमाथि चुनौती दिए।

२५,भाद्र.२०८१,मंगलवार १२:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्