उपसभामुखको बचाउ गर्दै माओवादी सांसदको सरकारलाई प्रश्न, शरणार्थी प्रकरणमा के हुँदैछ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान तामाङले उपसभामुख इन्दिरा रानाको नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्न सरकारलाई सुझाव दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नक्कली भुटानी शरणार्थी प्रकरण कहाँ पुग्यो ? भन्दै प्रश्न गरे।

उनले भने, उपसभामुखको विषयमा नैतिकताको कुरा धरै गरियो। भुटानी शरणार्थीको के के भयोरु यसबारेमा हामी स्पष्ट हुन चाहन्छौं।
उनले अहिले सरकार जनताको काम भन्दा बाहिर गरेर एनसेलसँग सम्झौता गर्न लागिरहेको टिप्पणी गरे।

२५,भाद्र.२०८१,मंगलवार १४:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्