काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीसँग चिनियाँ दूतावासका अधिकारीहरुले भेट गरेका छन्।
नेपालका लागि चिनियाँ राजदुतावासका कार्यवाहक राजदुत श्री वाङ्ग सिनले आज विहान सांसद विमलेन्द्र निधीसँग भेटवार्ता गरेका हुन्।
भेट चिनियाँ पक्षले निधिलाई मानसरोवर यात्राको निम्तो दिएको तथा वीपी कोइरालाले नेतृत्व लिएर बनेको नेपालको चीनसँगको सम्बन्ध बारेमा पनि छलफल भएको बताइएको छ । साथै निधीले नेपालीलाई भिसा फ्री गरिदिएकोमा धन्यवाद दिएको बताइएको छ ।
भेटपछि निधीको सचिवालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘नेपालका लागि चिनियाँ राजदुतावासका कार्यवाहक राजदुत श्री वाङ्ग सिनले आज विहान माननीय विमलेन्द्र निधिसङ्ग भेटवार्ता गर्नु भएको छ । निधि निवास मध्यबानेश्वरमा डेढ घन्टासम्म भएको भेटवार्तामा दुई देश बीचको मैत्रीपुर्ण सम्बन्ध, प्राविधिक क्षेत्रको विकास, आर्थिक प्रगति, प्रतिनिधि मण्डलको भ्रमण लगायतको विषयमा छलफल भएको थियो । विपी कोइरालाको पालामा स्थापना भएको नेपाल चीन सम्बन्धबारे विशेष चर्चा गर्दै नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टी बीचको सम्बन्ध एवम् राजनितिक प्रतिनिधि मण्डलको आदान प्रदानबारे चर्चा गर्दै चिनियाँ पक्षले कैलाश मानसरोवरसहित तिब्बत एवम चीनको भ्रमण गर्न निधीसँग अनुरोध गरेको थियो। हालसालै नेपालीहरुको लागि फ्री भिसाको बन्दोबस्त गरेको प्रति धन्यवाद दिँदै निधिले चीनसँगको हाम्रो सम्बन्ध एतिहासिक रहेको र हामीले सधै महत्व दिएको र दिइरहने भन्दै तिब्बत र चीन भ्रमणको लागि आफू तत्पर रहेको बताउनु भएको थियो ।’
यस अगाडि चिनियाँ राजदूत चन सोङले परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतका नेपाली कांग्रेसका मन्त्रीहरुसँग भेट गरेका थिए।
प्रतिक्रिया दिनुहोस्