अमेरिकी डलर र युरोको मूल्य घट्यो, यस्तो छ आजको विनिमय दर

एजेन्सी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ।

त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिंगेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन भएको छ।

अमेरिकी डलर एकको खरिदर १३४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६५ पैसा कायम भएको छ। बिहीबार यस मुद्राको एकको खरिददर १३४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६७ पैसा कायम रहेको थियो।

त्यसैगरी युरो एकको खरिदर १४७ रूपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रूपैयाँ ३८ पैसा दर कायम भएको छ। बिहीबार यस मुद्राको एकको खरिददर १४८ रूपैयाँ १८ पैसा र बिक्रीदर १४८ रूपैयाँ ८४ पैसा कायम रहेको थियो।

केन्द्रीय बैंकका अनुसार बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रूपैयाँ ३० पैसा रहेकामा आजका लागि खरिददर १७४ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७५ रूपैयाँ ७१ पैसा तोकिएको छ।

आज स्वीस फ्रयांक एकको खरिददर १५६ रूपैयाँ ९६ पैसा र बिक्रीदर १५७ रूपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ५७ पैसा र बिक्रीदर ८९ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रूपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ७० र बिक्रीदर १०३ रूपैयाँ १६ पैसा कायम भएको छ।

जापानिज येन १० को आजका लागि खरिददर नौ रूपैयाँ ४१ र बिक्रीदर ९ रूपैयाँ ४५ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १८ रूपैयाँ ९१ पैसा कायम छ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा कायम भएको छ।

थाई भाट एकको खरिददर तीन रूपैयाँ ९७ पैसा र बिक्रीदर तीन रूपैयाँ ९९ पैसा कायम छ। साथै युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ५० पैसा र बिक्रीदर ३६ रूपैयाँ ६६ पैसा छ।

मलेसियन रिंगेट एकको खरिददर ३० रूपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ९९ पैसा र बिक्रीदर १० रूपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९३ पैसा र बिक्रीदर १२ रूपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८० पैसा र बिक्रीदर १९ रूपैयाँ ८८ पैसा छ।

हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ १८ पैसा र बिक्रीदर १७ रूपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ९५ पैसा र बिक्रीदर ४४० रूपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २५ पैसा कायम भएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

२८,भाद्र.२०८१,शुक्रबार ०८:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्