ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो ।

यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्रसहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।

२८,भाद्र.२०८१,शुक्रबार १०:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्