काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन ।
शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनँले उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त व्यक्ति भएको र यसअघि टेक्निकल्ली केही कुरा नजानेर त्रुटी भएको भन्दै उपसभामुखबाट हटाउने काम गर्न नहुने समेत बताए ।
अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईहरुले बरियता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उहाँले बरियतालाई तोड्नुपर्छ भनेर कसैले नभनेको धारणा राखे । प्रचण्डले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए ।
अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताए ।
उनले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरु लागिरहेको उल्लेख गरेका छन । अध्यक्ष प्रचण्डले राजनीतिमा उमेरले बाधा नपु¥याउने भएकाले आफुले राजनीतिबाट बाहिरिने सम्भावना अवैज्ञानिक भएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्