कुपण्डोलको बीच सडक नै भासिएर निस्कियो पानी, यातायात अवरुद्ध

काठमाडौं । शनिबार दिउँसो काठमाडौंको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ । कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको छ ।

सडकबाट पानी निस्कदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् । उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान छ ।

पानी निस्किएका कारण सडक नै भासिएको छ ।

२९,भाद्र.२०८१,शनिबार १५:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्