कुपण्डोलमा भासिएको सडकको पाइपलाइन मर्मत र सडक मर्मतको काम सुरु

काठमाडौं । ललितपुरको कुपण्डोलमा भासिएको मुख्य सडक मर्मतको काम सुरु भएको छ ।

केयुकेएलले खानेपानीको पाइपको मर्मतको काम सुरु गरिसकेको छ भने सडक विभागले भासिएको सडक बनाउन सुरु गरिसकेको छ । केयुकेएलले खानेपानीको पाइपको काम सकाएको खण्डमा भोलि नै सडक मर्मतको काम सडक विभागले गर्ने जनाएको छ ।

‘सबै सडकमा खानेपानीको पाइप विछाइएको छ । त्यसले गर्दा पाइप लिकेज हुने वितिकै सडक भासिने भ्वाङ पर्ने समस्या आउँछ । यो पनि पानी लिकेज भएर सडक भासिएको हो । ’ उनले भने ।

अहिले डाेजर लगाएर काम सुरु गरिसकेकाे उनले बताए । कुपण्डोलबाट पुल्चोक जानेतर्फ होटल हिमालयको अगाडिको सडक भासिएको हो। सडक भासिएर पानी निस्किएको थियो ।

पानीले सडक जलमग्न हुनुको साथै सवारी आवागमन पनि प्रभावित बनेको थियो।

२९,भाद्र.२०८१,शनिबार १६:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्