काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल सुरु भएको छ ।
समितिले संसद सचिवालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग छलफल सुरु गरेको हो ।
प्रधानमन्त्रीसँग छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ । हिजोबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ ।
हिजो समितिले गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र पहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो ।
उनीहरुसँग फरार व्यक्तिहरूको खोजबिन गर्न साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरिएको जनाएको छ । अहिलेसम्म सहकारी ठगीमा जोगिएको २८ जना विदेशमा फरार छन् ।
प्रतिक्रिया दिनुहोस्