काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम अपचलन गर्नेहरुको अनुहार नभइ व्यवहार हेरेर कारबाही गर्न संसदीय समितिसँग आग्रह गरेका छन्।
शनिवार सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै उनले समितिसँग सो आग्रह गरेका हुन । उनले कोही निर्दोषमाथि कुनै प्रकारको औंलो नठडिने र दोषी उम्किन नदिने गरी समितिको निस्कर्ष बनाउन आग्रह गरेका छन ।
उनले टिप्पणी गरे, ‘सहकारी पौडी खेल्ने नभइ धेरै खेले स्वीमिङ पुलसम्म पौडी खेल्न सक्ने ।’ उनले सहकारीका माध्यमबाट अनेक तरिकामार्फत गरिएको शोषण,लुट, ठगीहरुलाई नियन्त्रण गर्न नदिनका लागि सरकारले पनि काम गरिरहेको बताए। उनले समितिले दिएका सुझावहरुको कार्यान्वयन गर्न सरकार तयार रहेको बताए ।
प्रधानमन्त्री ओलीले सहकारीको समस्या भयानक राष्ट्रिय समस्याका रुपमा आएको भन्दै समितिको प्रतिवेदनको प्रतिक्षामा सरकार रहेको बताए। उनले अहिलेकै राज्य संयन्त्रबाट छानविन, निराकरण, कारबाही गर्ने की अर्को संयन्त्र बनाउने भन्नेबारेमा पनि समिति स्पष्ट हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्