त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएका ७६ वर्षीय दण्डपाणि भूसाल भेटिए एकान्तकुनामा

काठमाडौ । काठमाडौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएका ७६ वर्षीय दण्डपाणि भूसाल आफन्तको सम्पर्कमा आएका छन्।

उनी आइतबार मध्याह्न सम्पर्कमा आएको उनका आफन्त विष्णुप्रसाद भण्डारीले जानकारी दिए।

‘पठाओवालाले फोन गरेर तपाईंको मान्छे भेटिएको छ कहाँ ल्याइदिऔं भन्नुभएको छ। उहाँसँग पनि कुरा भयो,’ उनले भने।

उनीहरू प्रहरी वृत्त गौशाला आउँदै गरेको पनि भण्डारीले जानकारी दिए।

शनिबार विमानस्थल अवतरण गरिसकेपछि दण्डपाणीले बाहिर पर्खिरहेका आफन्तहरूलाई जानकारी गराएका थिए।

त्यसपछि उनी सम्पर्कविहीन भएपछि आफन्तहरू प्रहरी वृत्त गौशाला पुगेका थिए।

कसरी एकान्तकुना पुगेक भन्नेबारे भेटिसकेपछि थाहा हुने भण्डारीले जानकारी दिएका छन्।

उनी आफ्ना छिमेकीहरुसँग अमेरिकाबाट काठमाडौं आएका थिए।

३०,भाद्र.२०८१,आईतवार १२:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्