मलाई सरकारबाट हटाउँदा विश्वको ध्यान तानियो –प्रचण्ड (भिडियो सहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यान तानिएको दाबी गरेका छन् ।

माओवादी केन्द्रको चितवन-काठमाडौं समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व समुदायले आफूलाई यति चाँडै प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने नै नठानेको बताए ।

उनले भने, ‘म यति छिटो प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने विश्वले ठानेको थिएन । हुन त भन्दा बढी भनेको सुनिन्छ होला, मलाई यसरी प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यानाकर्षण भएको छ ।’

प्रचण्डले आफू प्रधानमन्त्रीबाट बाहिरिएपछि बेलायतका राजदूतले प्रधानमन्त्रीलाई दिनुपर्ने पत्र आफूलाई दिएको बताए ।

उनले प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीको हैसियतभन्दा माथिको मान्छे भन्दै आफूलाई पत्र दिएको सुनाए । प्रचण्डले दुई छिमेकीसँगको सम्बन्ध पनि आफूले सन्तुलन मिलाएर राखेको जिकिर गरे ।

५,आश्विन.२०८१,शनिबार १७:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्