एजेन्सी । अमेरिका भ्रमणमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका छन्।
महासचिव कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार महासचिव गुटेरेसले नेपालले शान्ति सेनामा गरेको योगदानको तारिफ गरेका छन् ।
साथै, नेपालले अल्पविकसित देशको विश्व सहकार्य ब्यूरोको संयोजक भएकोमा पनि गुटेरेसले बधाई दिएका छन्।
पोर्चुगलका पूर्वप्रधानमन्त्री समेत रहेका गुटेरेससँगको भेटमा प्रधानमन्त्रीले जलवायु, हिमाल र सङ्क्रमणकालीन न्यायको मुद्दामा छलफल भएको यूएनन्यूजले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्