काठमाडौं । एएफसी यू-२० एसिया कप छनोटको आफ्नो अन्तिम खेलमा नेपालले बहराइनसँग ४-० गोलको हार व्यहोरेको छ ।
चाइनिज ताइपेईमा शुक्रबार दिउँसो भएको खेलमा नेपाल सुरुवातबाटै दबाबमा परेको थियो । छनोटमा नेपालले खेलेका ४ खेलमा ३ हार र एक जितको नतिजा निकाल्दै बाहिरिएको छ ।
नेपालले घरेलु टोलीलाई ३-१ गोलले हराएको थियो भने अन्य दुई खेलमा कम्बोडियासँग ४-१ र उज्वेकिस्तानसँग ६-० गोलले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्