क्षतिभएको ठाउँमा मर्मत गरेर जनतालाई पानी खुवाउने कि शाखा शाखामा घुमन्ते भएर मासुभात खाने मन्त्री ज्यू ?

काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादव ताल न सूर बेगर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका शाखा शाखा चरेर हिडिरहेका छन ।

उनलाई यसरी हिड्न शोख लागेर होकि, बाध्यताले होकि, काम देखाउन हो बुझ्न नसकेको यो पाटो केलाउने प्रयास गरिएको छ ।
राजधानीका खोला किनारका अधिकांश ठाउँका पम्पहरु बगाएका छन, भने बचेकाहरु पनि प्रायः सबै काम नगाल्ने अवस्थामा पुगेका छन । बल्खुको सून्दरीघाटमा रहेको मेकानिकल इलोक्टोनीक शाखा पुरै डुवानमा परेको छ । त्यो शाखाका प्रायः सबै अफिसियल कागजपत्रहरु नष्ट भएको सूचना छ । त्यहाँ बसोबास गर्ने कर्मचारीहरुले लगाएको कपडा बाहेक केहि पनि निकाल्न पाएका छैनन ।
उनीहरु कर्मचारी भएपनि भएभरका घरयासी सरसामान र कपडा बगाएरको अवस्था छ ।

काठमाडौं उपत्यकाभित्रको पानीको व्यवस्थापन, वितरण र संचालन गर्ने काम काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यक्षेत्र भित्र पर्दछ । यहाँ खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी विभागका आ आफ्नै कार्यक्षेत्र छन । उनीहरुले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई क्षतिको विवरण अनुसार अर्थको व्यवस्थापन गर्ने बाहेक सिन्को समेत भाच्न सक्ने अवस्था छैन । शाखाहरुले आफ्नो क्षेत्रभित्र खानेपानीका पाइप, पम्प र टुयुवेल मर्मत गरेर र संचालन गर्ने हो ।

केयुकेएलका सिइओ अशोक कुमार पौडेलले हालै गरेका शाखाको अधिकार कटौति, शाखा प्रमुखहरुको अपमानीत ढंगले गरिएको सरुवाले उनी केयूकेएल बनाउन हैन सिध्याउन आएको अनुमान लगाउन सकिन्छ । उनको व्यवहार र कार्यशैली पनि मिल्दो जुल्दो नै छ ।
उनले शाखा प्रमुखहरुको कटौति गरेको अधिकारबाट शाखाबाट कार्यसम्पादन गर्ने २ लाखको सिमालाई कायम गर्ने हो भने, मन्त्री, सचिव, मन्त्रीका हुक्के चिलिमे र बैठके, विभागका महानिर्देशक, बोर्डका ईडि जो जो गएर जति नै आर्थिक व्यवस्थापन गरेपनि कुनै शाखा प्रमुखहरुले काम गर्न सक्ने अवस्था छैन ।

काम गर्ने शाखा प्रमुखहरुलाई सरुवा गरेर केन्द्रमा थन्काउने सिइओ पौडेलको कार्यशैलिले मन्त्री सिईओ पौडेललाई लिएर रातदिन शाखा, खोला किनार हिडेपनि विहानको खाना र दिउँसोको खाजा राम्रो रेस्टुरेन्टमा खानु बाहेक दोस्रो भुसुना समेत मार्न सक्ने अवस्था देखिएको छैन ।
बजेटकै विषयमा केहि दिन अगाडी सिइओले पाँच तहका कर्मचारीको हातबाट झण्डै कुटाई नखाएको उदाहरण पनि सिइओ सावलाई जानकारी नै होला ।

मन्त्रीले भनेका केहि मानिसहरुलाई शाखा प्रमुख बनाउने सवालमा तल्लो तहका कुनै कर्मचारीहरुले निर्णयमा हस्ताक्षर नभएको कुरा पनि बाहिर छताछुल्ल नभएको होइन । त्यति मात्र होइन, व्यवस्थापनकै महत्वपूर्ण जिम्मेवारीमा भएका मानिसले “कालो र सेतो” वर्ण, भेद र रंगको कुरा राखेर सबैलाई चकित नपारेका पनि होइनन ।

उनकै कारण उप कार्यकारी अधिकृतले पदबाट राजिनामा समेत दिएको कुरा ताजै छ ।
दुई हजारको लोभमा केयूकेएलका संचालक समितिले व्यवस्थापनका जायज नाजायज प्रस्तावहरुमा आँखामा पट्टि लगाएर हस्ताक्षर गर्ने परिपार्टी जव सम्म रहिहन्छ त्यतिवेलासम्म मन्त्रीका हातमा लड्डु बाहेक केहि आउने अवस्था छैन ।

कर्मचारी सरुवामा छलाङ मारेर दुई चार करोड जम्मा गर्न सफल भएको आरोप लागेका मन्त्री यादवको सचिवायल भित्रको असन्तुष्टीको आगो भुषको आगो जस्तै भित्र भित्रै सल्कीरहेको छ ।

सवारी साधन प्रयोगमा अहिलेसम्मकै मन्त्रीहरुलाई “बे्रक थ्रु” गरेका मन्त्री यादवको चकचकी धेरै दिन चल्ने अवस्था देखिएको छैन ।

१४,आश्विन.२०८१,सोमबार २१:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्