काठमाडौं । विजया दशमी तथा शुभ दीपावली तथा छडपर्व र नेपाल सम्वतको अवसरमा ढकाल समाजले शनिबार काठमाडौंको वाल्मीकि विद्यापीठमा शुभकामना आदानप्रदान तथा जलपान समारोह सम्पन्न गरेको छ।
सो कार्यक्रममा ढकाल वंशका अग्रज व्यक्तित्वहरु तथा समस्त ढकाल बन्धुको उलेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा दर्जनौं दर्जन अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा टेकेन्द्र ढकाल, सुनिलकुमार शर्मा ढकाल, जगन्नाथ ढकाल,रवीन्द्र ढकाल,श्यामप्रसाद ढकाल,टंक ढकाल भिमप्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा ३६ वर्ष नेपाली सेनामा सेवागरेर भर्खरै सेवानिवृत भएका अवकाश प्राप्त उपरथी याम प्रसाद ढकाललाई कर्मठ राष्ट्रसेवक सम्मान तथा ढकालवंशका अग्रज वयोवृद्ध भोजपुर याकु घर भई हाल काठमाडौं निवासी तोयानाथ ढकाललाई जेष्ठ अग्रज सम्मान गरिएको थियो।
सम्मानित व्याक्तित्व याम प्रसाद ढकाल तथा विशिष्ट अतिथि भीमप्रसाद ढकालले बन्धुहरुले गर्ने सम्मान बाट आफुहरु निकै भावुक हुने गरेको बताएका थिए। स्वतस्फूर्त रुपमा उपस्थित सहभागी बन्धुहरुलाई समाजका तर्फबाट उपाध्यक्ष रम्भा शर्मा ढकालले शुभकामना प्रदान गरेकि थिइन, भने समाजका कार्यसमिति सदस्य एवं शिक्षाविद् राजेन्द्र ढकालले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा कूटनीतिज्ञ डा. नरेन्द्रविक्रम ढकाल , अछाम जिल्लाको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बद्रीप्रसाद ढकालले गरेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन ज्ञानहरी ढकालले गरेका थिए । सो चियाँ पान तथा शुभकामना कार्यक्रममा ढकाल प्रतिष्ठान र ढकाल महाँसघको विषयमा पनि बक्ताहरुले चर्चा गरेका थिए । सबै ढकालहरुलाई एउटै मालामा जोड्न सबैले जोड दिएका थिए भने केहिले ढकालहरुका संगठन जति खुलेपनि उनीहरुको सम्मान गर्न पनि सहभागीहरुले जोड दिएका थिए ।
आइटिका विज्ञ होम ढकाल शर्माले सहभागीहरुलाई स्वागत र सत्कार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्