सामाजिक अभियन्ता पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै

काठमाडौं । सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ ।

हिजो राति सवा ९ बजे उनलाई जोरपाटीमा आफ्नै घरनजिक रड प्रहार गरिएको हो ।

अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले बतायो ।

घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ ।

२२,आश्विन.२०८१,मंगलवार ०७:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्