काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस शिक्षा विभागले विपत्को संवेदनशील बेलामा सरकारको कमजोर उपस्थिति देखिएको बताएको छ ।
पार्टी केन्द्रीय सदस्य समेत रहेका विभाग प्रमुख नैनसिंह महरले मंगलबार बानेश्वरमा कार्यक्रम आयोजना गरी विपत्को कारण शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा अप्ठ्यारो स्थिति सृजना भएको बताए । उनले मार्कामा परेका जनताको अभिभावकीय जिम्मेवारी बहनमा सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
‘केही समयपछि विद्यालय, महाविद्यालय र विश्वविद्यालय ले पढाई सञ्चालन गर्नुपर्ला । के त्यसको निम्ति हाम्रो सरकारले समय भित्रै पुनर्निर्माण गर्न सक्छ ? कुनै पहल लिएको छ ?‚’ उनले भने ।
उनले जनतालाई दुख परेका वेला अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने राज्यको दायित्व भएपनि राज्य (सरकार) यो अहम जिम्मेवारी बहन गर्न किन सकिरहेको छैन भन्ने प्रश्न गरे । भर्खर भीषण वर्षा, बाढी पहिरोले संयौं जनताले ज्यान गुमाउनु परेको र अर्बौँको क्षति भएका कारण प्रभावित जनताको गाँस, बाँस र कपास चाडपर्वको मुख मै खोसिएर बिचल्ली भएको उल्लेख गरे ।
फरक प्रसङ्गमा महरले बाटोघाटो अवरुद्ध भएको बेला हवाई भाडा छिमेकी मुलुक भारत पुग्न १२ हजार भन्दा कम (सस्तो) हुने तर आफ्नै मुलुक भित्र यात्रा गर्दा जहाजको भाडा १७ हजार पुर्याउँदा सरकार निरीह भएर बस्नु भनेको विडम्बना भएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्