खुमलटारमा देउसी भैलेले पाए एकलाख, यसरी नाचे प्रचण्ड (भिडिओ सहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पुगेर आज लोककलाकार र सञ्चारकर्मीको टोलीले देउसी खेलेको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको संयोजनमा उक्त देउसी आयोजना गरिएको हो ।

टोलीमा लोक गायिकाहरु शिला आले, राधिका हमाल, मन्जु पौडेल लगायत थिए भने लोकसञ्चारकर्मी नेपालमा आवद्ध पत्रकारहरु थिए । मञ्जु पौडेलले देउसी भट्याएकी थिइन् ।

प्रचण्ड देउसी टिमसँग नाचगानमा पनि सहभागी भए । उनले करिब ४५ मिनेट देउसी टिमसँग बिताएका थिए । कार्यक्रममा प्रचण्ड पुत्री गंगा पनि थिइन् । उनी भने नाचिनन् ।

उनले भने, ‘विचारको हिसाबले पनि, भावनाको हिसाबले पनि संक्षिप्तमा निकै राम्रो प्रस्तुति दिनुभयो । हामी सबै नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारीमा छौं । गायक–गायिका, कलाकार, सञ्चारकर्मी सबैको ध्यये राष्ट्रिय एकता र स्वाधिनतालाई सुदृृढ गर्ने हो । मैले त शान्ति प्रक्रियामा आएदेखि नै कला र खेलकुदलाई उच्च प्राथमिकता दिँदै आएको छु । कला संस्कृतिको जगेर्ना बिना राष्ट्रको अस्मिता जगेर्ना हुन सक्दैन ।’

१५,कार्तिक.२०८१,बिहीबार १६:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्