काठमाडौं । नेकपा एमालेको उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेका नेता कार्यकर्ताको कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन् ।
एमाले बागमती प्रदेश सम्पर्क समितिद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको पाराले मिसन ०८१ ले हावा खाने टिप्पणी गरे ।
उनले भने, ‘अहिले हामीले मिसन ०८४ भनेका छौं। यस्तो पाराले मिसन ०८४ ले हावा खान्छ । त्यो पुरा गर्ने हो भने सबै वामपन्थीहरुको आस्थाको केन्द्र एमाले बनाउनुपर्छ । सबैलाई एमालेमा ल्याउनुपर्छ । त्यो आयो भने मेरो ठाउँमा त्यो उम्मेवार हुन्छ भन्ने सोचले अगाडि बढ्न सक्दैन । अरु पार्टीका राम्रा नेताहरुलाई ल्याउन पहल गर्नुपर्छ ।’
उनले पार्टीका सबै नेता कार्यकर्ता कमजोरीको पनि समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टी कार्यालय बनाउन व्यवसायी मिनबहादुर गुरुङले दिएको दाने जग्गाबारेमा पार्टीका नेता तथा कार्यकर्ताहरुले बचाउ नगरेको भन्दै आक्रोश पोखे । उनले कांग्रेस एमाले मिलेर बनाएको सरकारले अपेक्षाअनुसार काम गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्