मेरो लाखौं पैसा र आधा समय मुद्दामामिलामा गयो : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानको आधा समय र लाखौं रकम मुद्दामामिलामा गएको बताएका छन् ।

चुनाव आउन पाँच दिन अगाडि अमेरिकी पत्रकार टकर कार्ल्सनसँग एक विशाल सभामा प्रश्नोत्तरमा भाग लिँदै ट्रम्पले यस्तो बताएका हुन् ।

राजनीतिक विपक्षीलाइ पेल्ने, मुद्दा लाउने काम अमेरिकामा नसुहाउने भन्दै ट्रम्पले भने, ‘यो बहाना गणतन्त्र र थर्ड वर्ल्डमा मात्र हुन्छ ।’

ट्रम्पले कार्ल्सनसँग लामो कुरा गर्दै आफू राष्ट्रपति भए ग्यास र तेललाई मान्यता दिने विद्युतलाई कम दिने बताए । उनले भने, ‘ चीनसँग ग्यास र तेल नभएकोले विद्युतको कुरा गर्ने हो । अमेरिकासँग ग्यास र तेल छ । हामीले विद्युतमा लागे त्यो चीनलाई फाइदा हुन्छ ।’

१६,कार्तिक.२०८१,शुक्रबार १७:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्