काठमाडौं । “लक्ष्मीपूजाको दिन बिजुलीको उच्चमाग १६०२ मेगावाट, २५३ मेगावाट भारततर्फ निर्यात” भन्ने र्शिषक बनाएर आज प्रकाशित राजधानीका अनलाइन पत्रपत्रिकाहरुले मुख्य समाचार बनाएर जनतासामु पस्केका छन ।
२०७३ को समयमा १६ घण्टासम्म लोडसेटिङ्गमा बसेका जनताहरुका लागि लोडसेटिङ्गको अन्तको शुरुवातको पहिलो दिनका रुपमा पनि त्यो समयको लक्ष्मीपूजाको दिनलाई लिन सकिन्छ । त्यसका योजनाकार थिए, रामेछाप जिल्लाका सपुत कुलमान घिसिङ ।
उनलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड” र तत्कालीन उर्जा मन्त्रीलाई पनि जस दिन कन्जुसाई गर्नु पर्ने आवश्यकता छैन । उनीहरुले त्यतिखेर आट नगरेको भए आजसम्म पनि हामी नेपालीहरुले अध्यारो नेपालकै परिकल्पनामा दिन विताउनु पर्ने बाध्यता र विवस्था दुबै हुने थिए ।
तर, आज नेपाल लोडसेटिङ्ग मुक्त मात्र भएन । भारतलाई बिजुली बेच्न सक्ने अवस्था समेत रहन गयो । त्यसै यो गर्व गर्ने समाचार हो । कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने प्रयास ओली सरकार भएको समयमा नभएको भने होइन । तर, उनलाई यो प्रयास सजिलो भने भएको छैन ।
इतिहासको अन्र्तय खोतल्ने हो भने, ओली सरकार कुलमानलाई हटाउने र पुनः नेपाललाई लोडसेटिङ्गको भुमरीमा धकेल्ने विचौलियाहरुको चगुलमा नाचिरहेका छन भन्न कुनै हिचकिचाहट गर्नु पर्ने अवस्था छैन ।
आज दिउँसो टिकाथलिबाट लगनखेलसम्म ट्रयाक्सीमा जानु पर्ने अवस्था आयो । ती ट्रयाक्सी ड्राईभरले एमाले पार्टी कार्यालयको बाटो हुर्दै लगेका थिए । एमाले पार्टी कार्यालय अगाडि पुगेपछि एमाले अध्यक्ष ओलीको खुलेर विरोध गरे भने, प्रचण्डको मिश्रीत आलोचना गरे । समग्रमा देउवा र ओली भन्दा प्रचण्ड असल रहेछन भन्ने उनको कथन थियो । उनले मिनबहादुरको पनि आलोचना गरे । मिनबहादुरले सामान किन्दा एउटा झोला दिन सक्दैन भने, कसरी दुई सय करोड दिए होलान भनेर प्रश्न गरे ।
उनले रवि लामिछाानेको पक्षमा कुरा गर्दा म उनको पार्टी भने होइन तर, थुनि हाल्नु पर्ने अपराध हैन, भनेर मैले ट्रयाक्सी चढेर दिने पैसामा आफुलाई समेत जोड्न भ्याएका थिए ।
उनले कुलमानको नाम पटक पटक लिए । त्यति मात्र होइन माओवादी युद्ध र झापा काण्डलाई समेत ती ट्रयाक्सी ड्राईभरले जोडेर तुलना गरेका थिए । मैले आफ्नो पेशा खुलाइन र उनले पनि सोध्ने प्रयास गरेनन । उनले गाडि चलाउर्दै आफ्ना असन्तुष्टिका पोका खोलि रहे, मैले उनको कुरामा प्रतिवाद गरिन । सहि थापि रहे । उनी सहि र सत्यमा आधारीत भएर कुरा गरिरहेका थिए । अब मानिसहरु निक्कै बुझ्ने भएछन । अब कोहि कसैको लहै, लहैमा लाग्दैनन भन्ने निष्र्कष मैले निकाले ।
गन्तव्य आयो म उनको भाडा तिरेर गाडिबाट झरे । अब देशका जनताहरु हिजोका जस्तो आज छैनन र आजका मासिनहरु भोलि हामी जस्ता रहने छैनन । देश धेरै बर्ष हामिले सोचे जस्तो रहने छैन ।
देशभरका विद्युत संरचनाहरु वर्षादले सखाप बनाउदा समेत विद्युत प्राधिकरणले लक्ष्मीपुजाका दिन विद्युत भारतलाई बेच्न सक्यो तर, खानेपानी मन्त्रालय र यससँग जोडिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)ले मेलम्चीको पानी राजधानीमा आउँदा समेत राजधानीबासीलाई पानी पीलाउन सकेको छैन ।
विद्युतको तुलनामा खानेपानीको संरचना धेरै सजिलो छ । तर, व्यवस्थापन अहंकारी, घमण्डी, वेविचारी भएको कारण पनि काठमाडौंमा खरबौ खर्च भएर आएको मेलम्चीको पानी राजधानीबासीको घरमा हावा मात्र जाने गरेको छ । मेलम्चीको पानी जनताका धारामा हैन खोलामा हालेर केयुकेएलका सिइओ अशोककुमार पौडेल सुख्खको अनुभुति गरिरहेका छन ।
गफाडी र भ्रष्ट मन्त्री, घमण्डी र दुराचारी सिइओ, कुरौटे र लडुवा व्यवस्थापन, खुरापाती केयुकेएल संचालक समिति सदस्यहरु भएसम्म केयूकेएलको मात्र हैन राजधानीबासीको पिउने पानीमा पहुँच धेरै टाढाको विषय हुने पक्का छ ।
मेलम्चीको पानी राजधानी ल्याउन रातदिन काममा खट्ने रत्न लामिछानेहरुले निहाउरो मुख लगाएर सरुवा माग्नु पर्ने अवस्था जवसम्म रहिरहन्छ तवसम्म हामि जहाँको त्यहि पुग्ने हो ।
केयूकेएलबाट पानी मिटर खरिदको लागि ठेक्का पाउने ठेकेदार मिटर खरिद गरेर केयूकेएललाई दिर्दैन । तर, केयुकेएलका सिइओ पौडेल, अर्थ प्रशासन विभाग प्रमुख प्रकाशकुमार राई र प्रशासन प्रमुख योगेन्द्रबहादुर बमहरु विचौलिएको फन्दामा परिरहन्छ हुने यहि हो ।
ठेकेदारले खरिद गरेर ल्याएको पानी मिटर महङ्गो मुल्यमै राई समुहहरुले किनिदिएपछि किन दिने भन्ने ठेकेदारको भनाई पनि ठिकै हो । ठेकेदारलाई मिटर नदिदाँ ७ लाख घाटा लाग्छ भने, मिटर दिदाँ ६० लाख घाटा लाग्छ ।
त्यसैले मन्त्रालय र अख्तियार पनि भागबण्डामा रमाइलो गरिरहने कि सम्बन्धीतहरुलाई कठालो समाएर कोच्ने सोच्ने समय आएको हैन र ?
प्रतिक्रिया दिनुहोस्