कपिलवस्तुमा आलु रोप्दै नेकपा महासचिव विप्लव, देशभर ५० बिघामा आलु लगाउने तयारी

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) कपिलवस्तुमा आलु रोप्ने कार्यमा व्यस्त रहेका छन् । पार्टीले सञ्चालन गरेको सामूहिक कृषि तथा जनकम्युनको अवधारणाअनुसार कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ९ अञ्चलपुरमा रहेको केन्द्रीय कार्यलय नजिकै ५ बिघा क्षेत्रफलमा निरन्तर आलु लगाइरहेका छन् ।

मेसिनको प्रयोग गरी विप्लवसँगै सचिवालय, स्थानीय नेता, कार्यकर्ता र जनताका सहभागिता आलु लगाइएको नेकपा प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए । नेकपाले कपिलवस्तुमा मात्रै करिब ५ बिघामा आलु लगाउने तयारी गरेको छ भने चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा करिब ५० बिघामा आलु रोप्ने तयारी गरेको छ ।

पार्टीद्वारा सञ्चालित जनश्रम कृषि सहकारी सस्था लिमिटेडसँग न्युनतम ४ लाख केजी आलु र सि। जी। फुड्स नेपाल लिमिटेड सानेपाले उत्पादित आलु खरिद गर्ने सम्झौता भएको छ । गतहप्ता मात्र नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सी लगाएतको टोलिले कपिलवस्तु रहेको केन्द्रीय कार्यलयमा १६ टन बिउ आलु भित्र्याएको छ ।

सोमबार विप्लवले सञ्चालन गरेको जनकम्युनमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट आलु रोप्न आइपुगेका छन् । अध्यक्ष विष्टले देशको आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउनका साथै आलु र धानमा आत्मनिर्भर बनाउने विप्लवको अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।

२०,कार्तिक.२०८१,मंगलवार १५:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्